०८१ , बैशाख , ०६ , पबन घिमिरे
रौतहट स्थित गढिमाइ नगर प्रमुख श्याम याद व नगरको बिकासका लागि सकृय रहदै आएका छ्न । जिल्लाको बृन्दावन र गरुडा नगरपालिका संग सिमाना जोडिएको गढिमाइ नगरपालिका को ०७४ र ०७९ को दुबै स्थानिय निर्वाचनमा नगर प्रमुखमा चुनाब जितेका यादव शालिन र भद्र स्वभावका मानिन्छन समग्र नगर बिकासका लागि नगर प्रमुख श्याम यादव ल मुल खम्बाको भुमिका निर्वाह गर्दै आइरहेका देखिन्छ । हाल गढिमाइ नगरपालिकामा बिनियोजित बजेट शिक्षा , स्वास्थ र बिकासमुको प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता नगर प्रमुख यादवले गरेका छन ।
हाल गढिमाइ नगरपालिकाले स्वास्थ्स र कृषीलाई प्राथमिकतामा राख्दै पन्ध्र बेडको सुबिधा सम्पन्न नगर अस्पताल , कृषकका लागि खाधान्न स्टोर समेत निर्माणाधीन अवस्त्जामा रहेको गढिमाइ नगर प्रमुख यादवले सरोकार विशेषलाई जानकारी दिएका छन। देशको मेरुदण्ड मानिएको शिक्षामा समेत नगरले विशेष ध्यान पुर्याएको जनाएको छ । बिद्यालय अनुगमन , प्रधानाध्यापक बैठक , पाठय पुस्तक समयमै बितरण गर्ने कुरामा नगर प्रमुख श्याम यादव र गढिमाइ नगर शिक्षा प्रमुख नागेन्द्र यादवको भुमिका महत्वपुर्ण रहेको छ । गढिमाइ नगरपालिकामा दोस्रो पटक समेत शिक्षा प्रमुखको जिम्मेवारी सम्हालेका नागेन्द्र यादवले बिद्यलयमा संचालित दिवा खाजा लगाएत परिक्षालाई समेत ब्यवस्थापन गर्दै आएका छन । नगर प्रमुख श्याम याद्वव जनताको समस्या सम्बोधन गरिदिने बिकासप्रेमी नगर प्रमुखको रुपमा चिनिन्छन ।
Sarokar Bisesh online news portal
