बैशाख , ३१ , पबन घिमिरे रौतहट स्थित चन्द्रपुर नगरपालिका २ महेन्द्र माध्यमिक बिद्यालय प्रधानाध्यापक कमला थापा सामाजिक क्षेत्रमा सकृय हुनुहुन्छ । नगरको माध्यमिक बिधालयहरु मध्य महिला प्रधानाध्यापकका रुपमा कुशल नेतृत्व सम्हालिरहनु भएकि थापा शिक्षण पेसा अलावा सामाजिक क्षेत्रमा अग्रसर रहदै आउनुभएको छ । बिधालयको प्रधानाध्यापक भएको तीन बर्ष भित्रमा शिक्षामा सुधार , भौतिक पुर्वाधारमा बिकास लगाएतका बिषयमा कमला थापा अग्रपङ्तीमा रहनु भएको देखिन्छ ।
केही महिना अघि चन्द्रपुर , २ मा दर्ता भएको मानव कल्याण मुखी संस्था श्री अरबिन्द फाउन्डेसनको उपाध्यक्ष समेत रहनु भएकि थापाको बिधालय समय पश्चात् बिबिध सामाजिक कार्य तथा गतिविधिमै समय बित्ने गरेको थापाले सरोकार विशेषलाई जानकारी समेत दिनुभएको छ । महेन्द्र माध्यमिक बिधालय अगाडि निर्माणाधिन मन्दिर तथा पुजारी निवासमा नि न स्वार्थ सहयोग समेत गर्नु भएकि कमला थापा सामाजिक कामका लागि उदारणिय पात्र हुनुहुन्छ । श्री अरबिन्द शास्त्री महाराज जिको नेतृत्वमा बिपन्न परिवारलाई गरिएको सहयोगमा यिनको निकै प्रशन्सा भएको छ । शिक्षा बिधार्थी , बिधालय , अभिभावक मात्र नभैइ समग्र रुपमा देशको मेरुदण्ड हो । आफुले बिधालय प्रती सकारात्मक भुमिका र समय ब्यवस्थापनलाई समेत ध्यानमा राखी सम्पुर्ण अभिभावक , शिक्षक , बिधार्थीको मन जित्न सफल प्रधानाध्यापक कमला थापा सबैको प्रेरणाको श्रोत हुनुहुन्छ ।
Check Also
वृन्दावनमा कलसी यात्रा नगरप्रमुख पटेल सहभागी
२०८१ असोज १८ पवन रौतहट स्थित वृन्दावन नगरपालिका वडा नम्बर ६ मा नवरात्रीको पहिलो दिन …
Sarokar Bisesh online news portal
