वृन्दावनमा कलसी यात्रा नगरप्रमुख पटेल सहभागी

२०८१ असोज १८ पवन रौतहट स्थित वृन्दावन नगरपालिका वडा नम्बर ६ मा नवरात्रीको पहिलो दिन घटस्थापनाको अवसरमा कलश यात्रा सम्पन्न भएको छ। हर्षहा पूजा समितिद्वारा आयोजना गरिएको कलश यात्रामा नगरप्रमुख विनोद पटेलको समेत सहभागिता रहेको थियो। असत्यमाथि सत्यको जित भएको खुसियालीमा तराईका विभिन्न जिल्लाहरूमा नौ दिनसम्म मनाइने नवरात्रीको अवसरमा नगरप्रमुख पटेल समेत कलश बोकी यात्रामा सहभागी भएका थिए । यसै कलश यात्राको अवसरमा नगरप्रमुख विनोदप्रसाद पटेलले विजयादशमी दीपावली र छठ पर्वको शुभकामना समेत प्रदान गरेका थिए । नवरात्रीको पहिलो दिन घटस्थापनादेखि नौ दिनसम्म दुर्गा भगवतीको पूजा आराधनामा पटेल सहभागी हुने आयोजक हर्षहा पूजा समितिले जानकारी दिएको छ। प्रत्येक वर्ष नवरात्रीको समयमा हुने पूजा आराधना कार्यक्रममा नगरप्रमुख पटेलले समेत सहयोग गर्दै आएका छन् । रौतहटका वृन्दावन चन्द्रपुर गरुडा नगरपालिका लगायत विभिन्न मुख्य स्थानहरूमा दुर्गा भगवतीको आराधना नौ दिनसम्म हुनेछ । बिहान ११ बजेको साइत रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

About pawan

Check Also

कर्मठ र शिक्षा प्रेमी प्रधानाध्यापक गगनदेव यादव

०८१ भदौ २६ पबन घिमिरे रौतहट स्थित चन्द्रपुर नगरपालिका वडा नं ९ मा रहेको पञ्च …

Leave a Reply

Your email address will not be published. Required fields are marked *