कर्मठ र शिक्षा प्रेमी प्रधानाध्यापक गगनदेव यादव

०८१ भदौ २६ पबन घिमिरे रौतहट स्थित चन्द्रपुर नगरपालिका वडा नं ९ मा रहेको पञ्च निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक गगनदेव यादव विद्यालय सुधारका लागि सक्रिय बनेर लाग्नुभएको छ । २०५१ सालबाट स्थायी भई ३१ वर्ष सेवा अवधि पुरा गरिसक्नुभएका यादवले विद्यालय सुधारका लागि अनेकन प्रयास गरेको देखिन्छ। । बिएड विज्ञान विषयलीइ पढाइ पूरा गर्नुभएका गगनदेव यादव गणित र विज्ञान विषयको शिक्षकका रुपमा परिचित समेत हुनुहुन्छ । सरल स्वभाव र मिजासका धनी प्रधानाध्यापक गगनदेव यादवले शिक्षा क्षेत्रका लागि अनेकन अभ्यास गरिरहनु भएको छ पञ्च निम्न माध्यमिक विद्यालय चन्द्रपुर ९ मा शिक्षा सुधारका लागि उहाँले गरेका कामहरु अनगिन्ती रहेका छन् । विद्यालयको भौतिक पूर्वाधार शिक्षक समस्याका व्यवस्थापन लगायत बाल विकासमा सुधार त्यसैगरी विद्यालयको सरसफाई र भौतिक पूर्वाधार निर्माणका लागि उहाँले गरेको प्रयास सराहनीय देखिन्छ । शिक्षामा आएको बजेट शिक्षामै लगानी हुनुपर्छ भन्ने सोचाइका यादवले विभिन्न समयमा विद्यालयमा विकासका कार्य गर्दा कहिले पनि विद्यालयको पैसा हिनामिना नगरी विद्यालयकै सम्पत्तिमा राखेको थुप्रै उदाहरणहरु उनले प्रस्तुत गर्ने गरेका छन्। आफ्नो कर्मले नै शिक्षामा उज्यालो छर्न सकिन्छ भन्ने विश्वास राख्नुभएका प्रधानाध्यापक गगनदेव यादव निरन्तर विद्यालयमा उपस्थित हुने शिक्षकहरूमध्ये एक प्रतिनिधि शिक्षकका रुपमा चिनिनुहुन्छ । यादवले विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थासँग समन्वय गरी पञ्च निम्न माध्यमिक विद्यालयमा वास अन्तर्गतका कार्यक्रम समेत सञ्चालन गर्ने तयारी गर्नुभएको छ। प्रधानाध्यापक गगनदेव यादवले विद्यालयका लागि गर्न लागेको काममा विद्यालय व्यवस्थापन समितिले समेत साथ दिएको छ। दिवा खाजाका लागि प्रयोग हुने भान्सा कोठा समेत विद्यालयमा सफा र व्यवस्थित देखिन्छ। त्यसैगरी बालविकासतर्फ बालबालिकाका लागि पर्याप्त शैक्षिक सामग्रीको व्यवस्था गरिएको छ। अनुभवी र दक्ष शिक्षकका रूपमा रहनुभएका प्रधानाध्यापक गगनदेव यादव चन्द्रपुर नगरपालिकाको शिक्षा क्षेत्रका लागि १ गतिलो उदाहरणीय शिक्षक प्रतिनिधिका रुपमा उपस्थित हुनुहुन्छ । लामो समयको शैक्षिक अनुभव त्यसैगरी मिलनसार र असल व्यवहारका धनी शिक्षक गगनदेव यादवले आफूमा राखेको कोसेली यही नै ठूलो चन्द्रपुर का लागि उपहार हो ।

About pawan

Check Also

वृन्दावनमा कलसी यात्रा नगरप्रमुख पटेल सहभागी

२०८१ असोज १८ पवन रौतहट स्थित वृन्दावन नगरपालिका वडा नम्बर ६ मा नवरात्रीको पहिलो दिन …

Leave a Reply

Your email address will not be published. Required fields are marked *