०८१ मङ्सिर ११ पवन
रौतहट स्थित चन्द्रपुर नगरपालिका वडा नम्बर १ मा नोभेम्बर २५ अर्थात् ३३ औँ अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसको १६ दिने अभियान अन्तर्गत पहिलो दिन भव्यताका साथ मनाइएको छ। अक्सफार्मको आर्थिक तथा प्राविधिक सहयोगमा ( BRIDGE) परियोजना अन्तर्गत आर डि सि नेपालको आयोजना वडासँगको सहकार्य र स्थानीय संघ संस्थासँगको समन्वयमा उक्त दिवस मनाइएको हो। हामी सबैको प्रतिबद्धता लैङ्गिक हिंसा अन्त्यका लागि एकबद्धता यसपालिको अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसको नारा रहेको छ। समाजमा विद्यमान विभिन्न किसिमका महिला विरुद्ध हिंसा घटनाहरू छन् ती हिंसाहरू हुनु हुँदैन। ती हिंसाहरू अमान्य छन् महिला हिंसा विरुद्ध सचेतना अभिवृद्धि गर्ने , हिंसालाई अन्त्य गर्न पहल गर्ने , घर घरमा समुदाय बाट र राष्ट्रिय रुपमा नै त्यस्ता किसिमका जागरणमूलक सचेतनामूलक कार्य क्रम सञ्चालन गर्नु परियोजनाको उद्देश्य रहेको परियोजनाको उद्देश्य रहेको आर डि सि नेपाल ( BRIDGE) परियोजना संयोजक शिवा कार्कीले जानकारी दिनुभयो । ३३ औँ अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसलाई सफल पार्नका लागि आइपुग्नुभएका स्थानीय संघसंस्था लगायत सरोकारवाला व्यक्तिहरूले जनचेतनामूलक र्याली सहित महिला हिंसा अन्त्यका लागि लेखिएका नारा सहितको प्लेकार्ड बोकी वडा परिक्रमा गर्नुभएको थियो। यस दिवसको कोणसभालाई सम्बोधन गर्नुहुँदै औपचारिक कार्यक्रमका सभा अध्यक्ष तथा वडा नम्बर १ का वडा अध्यक्ष बलराम राउतले आर डि सि नेपाललाई विशेष धन्यवाद दिनुहुँदै यस संस्थाले महिला अधिकार सुनिश्चित गरी उनीहरूलाई जीविकोपार्जन गर्ने खालका कार्यक्रमहरु ल्याई आत्मनिर्भर बनाउने काम गरेको बताउनुभयो। । औपचारिक कार्यक्रममा महिला हिंसा अन्त्यका लागि आफ्नो तर्फबाट गर्न सक्ने सहयोग सबैले गर्नुपर्ने कुरामा स्थानीय संघसंस्थाका प्रतिनिधिले आफ्नो मन्तव्य राखेका थिए । really सहितको कोणसभामा स्थानीय संघसंस्थाका प्रतिनिधि महिला अधिकारकर्मी विद्यार्थी गरी दुई सयको सहभागिता रहेको थियो। आयोजक संस्थाको तर्फबाट आर डि सि नेपालकी ( BRIDGE ) परियोजना संयोजक शिवा कार्की, सामाजिक परिचालक प्रमिला देवकोटा सहित सहजकर्ताहरूको उपस्थिति रहेको थियो। औपचारिक कार्यक्रम परियोजना संयोजक शिवा कार्कीले सञ्चालन गर्नुभएको हो।
Check Also
रौतहट गढिमाइ नगर प्रमुख श्याम यादव बिकासको ढोका खोल्दै
०८१ , बैशाख , ०६ , पबन घिमिरे रौतहट स्थित गढिमाइ नगर प्रमुख श्याम याद …
Sarokar Bisesh online news portal
