बालविवाह न्यूनीकरणमा विद्यार्थीको भूमिका शीर्षकमा वक्तित्वकला सम्पन्न

०८१ , कात्तिक , ११ पवन घिमिरे रौतहट स्थित चन्द्रपुर नगरपालिका वडा नम्बर १० मा रहेको श्रीकृष्ण माध्यमिक विद्यालय बालचनपुरमा वक्तित्व कला कार्यक्रम सम्पन्न भएको छ। अक्सफामको आर्थिक तथा प्राबिधीक सहयोगमा आर डि सि नेपाल द्वारा सञ्चालित ( BRIDGE ) परियोजना अन्तर्गत बालविवाह न्यूनीकरणमा विद्यार्थीको भूमिका शीर्षकमा वक्तित्वकला सम्पन्न भएको हो। समाजमा बढिरहेको बालविवाहलाई न्यूनीकरण गर्नका लागि विद्यार्थीहरूको समेत सक्रिय भूमिका रहेको हुँदा उनीहरूलाई यस सम्बन्धी ज्ञान दिने उद्देश्यका साथ विद्यालय स्तरमा यो कार्यक्रम सञ्चालन गरिएको परियोजना प्रमुख शिवा कार्कीले जानकारी दिनुभयो । कार्यक्रममा कक्षा नौ र १० का बालबालिकाहरूले सहभागिता जनाएका थिए भने बालविवाह एक सामाजिक र कानुनी अपराध हो यसलाई न्यूनीकरण गर्नका लागि विद्यार्थी लगायत सरोकारवाला निकायले समेत आफ्नो क्षेत्रबाट भूमिका रहेको उनीहरूको विचार रहेको थियो । नौ जना बीच प्रतिस्पर्धा रहेको वक्तित्व कलामा कक्षा ९ कि छात्रा दिपाली चौधरी प्रथम भएकी छिन् भने द्वितीय र तृतीय पुरस्कार क्रमश छात्रा सन्ध्या साह र मुस्कान पासवानले हात पारेका छन्। सान्त्वना पुरस्कार पूर्णिमा चौधरीले पाएकी छिन् । समापन समारोहमा आफ्नो प्रतिक्रिया दिँदै शिक्षकहरूले यस्तो जनचेतनामूलक कार्यक्रमले समाजमा सकारात्मक धारणाको विकास गराई लैङ्गिक हिंसा न्यूनीकरण गर्नका लागि सहयोग पुग्ने विश्वास व्यक्त गर्दै आरडिसी संस्थाले विद्यालयबाट धन्यवाद समेत प्राप्त गरेका छ उक्त वक्तित्वकला कार्यक्रममा परियोजना प्रमुख शिवा कार्की , आर डि सि सामाजिक परिचालक प्रमिला देवकोटा दाहाल , सहजकर्ता सबिना हुमागाईको उपस्थिति रहेको थियो । विद्यालय स्तरमा पहिलोपटक यस्तो किसिमको कार्यक्रम आयोजना भएको हुँदा तिन सय भन्दा बढी विद्यार्थीले आफ्नो उपस्थिति जनाएका थिए।

About pawan

Check Also

शान्ति नै विकास र समृद्धिको मूल आधार हो , नगरप्रमुख सन्तलाल चौधरी

२०८१ असोज ६ पवन घिमिरे रौतहट स्थित गुजरा नगरपालिका नगरप्रमुख सन्तलाल चौधरीले शान्ति नै विकास …

Leave a Reply

Your email address will not be published. Required fields are marked *