०८१ बैशाख २७ सरोकार विशेष
रौतहट स्थित बृन्दावन नगर प्रमुख बिनोद पटेल नगरको बिकासमा निरन्तर जुटेका छन । चुनाब जिते पश्चात् नगरमा बाकी र अधुरा काम सम्पन्न गर्नका लागि नगर प्रमुख पटेलले आफ्नो रफ्तार बढाएको देखिएको छ । नगर बिकासका लागि बिनियोजित बजेट शिक्षा , स्वास्थ्य , धार्मिक मठ मन्दिर , मस्जिद , सडक प्रमुख प्राथमिकतामा परेको नगर प्रमुख बिनोद पटेलले सरोकार विशेषलाई जानकारी दिनुभएको छ । नगरमा रहेका प्रत्येक वडामा अब बिकासको काम शुरु हुने समेत बोनोद पटेलले जानकारी दिनुभएको छ ।
बृन्दावन नगरपालिकामा नगर स्तरीय अस्पतालको समेत आवस्यकता रहेको हुदा सो बारेमा बआफू सकारात्मक रहेको नगर प्रमुख पटेलको धारणा रहेको छ । नगर भित्र रहेका समस्या सम्बोधन गर्नु , जनताको आवस्यकता अनुसारको कार्य सम्पन्न गर्नु नगर प्रमुखको दायित्व रहेको हुदा आफू निरन्तर दायित्व पूरा गर्न प्रतिबद्ध रहेको समेत बृन्दावन नगर प्रमुख बिनोद पटेल बताउनु हुन्छ । विभिन्न वडामा सडक , शिक्षा , स्वास्थ्य सुधार गर्न वडा अध्यक्ष्ा लगाएत सदस्यको समेत् महत्वपूर्ण भुमिका रहेको हुदा जनताअनुरुप काम गर्न आग्रह समेत गर्नु भएको छ । बिगतका बर्षमा गरिएका बिकासका काममा केही सुझाब सल्लाह भए आफू ग्रहण गर्न तयार रहेको बताउनु हुँदै अब यस बर्षमा शुरु हुने बिकासका काममा सबै बाट सकारात्मक भुमिका निर्वाह हुने कुरामा आफू बिस्वस्त रहेको समेत समेत नगर प्रमुख बिनोद प्टेलले उल्लेख गर्नु भएको छ ।
Check Also
कर्मठ र शिक्षा प्रेमी प्रधानाध्यापक गगनदेव यादव
०८१ भदौ २६ पबन घिमिरे रौतहट स्थित चन्द्रपुर नगरपालिका वडा नं ९ मा रहेको पञ्च …
Sarokar Bisesh online news portal
