०८१ , बैशाख , २१ पबन घिमिरे रौतहट स्थित चन्द्रपुर नगरपालिकामा रहेको चन्द्रनिगाहपुर अस्पतालले ठुलो क्षमताको एक्स रे मेसिन पाउने भएको छ । जसका लागि आवस्यक प्रकृया समेत पूरा गरिएको अस्पताल प्रमुख डा. अभिनन्दन श्रीवास्तवले जानकारी दिनुभएको छ । यस कार्यका लागि चन्द्रपुर नगर प्रमुख संजय काफ्ले समेत सकारात्मक र सकृय रहदै आउनु भएकोमा स्वास्थ क्षेत्र सुधारका लागि काफ्लेको भुमिका महत्वपुर्ण देखिएको छ । औषधि ब्यवस्थापन सहित चिकित्सक संगको परामर्श लगाएतका पक्षमा नगर प्रमुख काफ्ले अग्रसर हुनुहुन्छ भने सन्जय काफ्ले चन्द्रपुर नगर प्रमुख र डाक्टर अभिनन्दन अस्पताल प्रमुख भए सङ्गगै म्याद नाघेका औसधी खाडलमा पुर्नु पर्ने अवस्थाको अन्त्य भएको देखिन्छ । डाक्टर श्री वास्तव को भनाइनुसार म्याद नाघ्न लागेका औषधिको अवस्था हेरि प्रयोग तथा लामो समय म्याद रहेका औषधिलाई पछि प्रयोग गर्छौ जसकारण औषधीको अभाब नहुने र खाडलमा पुर्नु पर्ने बाध्यता हटने भनाइ रहेको छ
चन्द्रपुर नगर प्रमुख संजय काफ्ले ले अस्पताल अनुगमन सहित औसधिको अभाब हुन नदिन पहल र प्रयास गर्नु भएकोमा डाक्टर अभिनन्दन श्रीवस्तवले नगर प्रमुख काफ्लेलाई धन्यवाद समेत दिनुभएको छ । रौतहटमै हुनहार जेहेन्दार नरम र दक्ष डाक्टरको रुपमा परिचित डाक्टर अभिनन्दन श्री वास्तव र बिकासप्रेमी नगर प्रमुख संजय लाफ्लेको सहकार्यले चन्द्रपुर अस्पताल सुबिधा सम्पन्न अस्पताल हुने देखिन्छ नगर प्रमुख काफ्ले द्वारा केहिदिन अघि अस्पताल परिसर नजिक ब्लड बैकको निर्माण कार्यको आरम्भ समेत गराउनु भएको छ ।
Check Also
कर्मठ र शिक्षा प्रेमी प्रधानाध्यापक गगनदेव यादव
०८१ भदौ २६ पबन घिमिरे रौतहट स्थित चन्द्रपुर नगरपालिका वडा नं ९ मा रहेको पञ्च …
Sarokar Bisesh online news portal
