नगर प्रमुख पटेल द्वारा पालिकाको काम थप ब्यबस्थित बनाइदै

०८० , माघ , ०८ पबन घिमिरे
रौतहट स्थित बृन्दावन नगरपालिकाको काम सहज हुँदै जान थालेको छ । लामो समय देखि प्रमुख प्रशासकिय बिहिन बनेको नगरले बिहिबार बाट प्रशासकिय प्रमुख पाए संगै पालिकाको काम सहज बन्दै जान थालेको बृन्दावन नगर प्रमुख बिनोद पटेलले जानकारी दिनुभयो । बिबिध कारणले नगरपालिकामा हाजिर भएका प्रशासकिय प्रमुख परिवर्तन भइ रहदा सेवाग्राहीको काम समेत प्रभाबित बनेको र सामाजिक सुरक्षा बापतको रकम बितरण मा समेत समस्या हुदै आएकोमा अब केहि दिनमा सो रकम समेत सम्बन्धित बैक खातामा जम्मा हुने नगर प्रमुख पटेलको भनाइ रहेको छ ।
पालिकामा प्रमुख प्रशासकीय अधिकृत हाजिर गराइ कामलाई सहज बनाउनका लागि बृन्दावन नगर प्रमुख बिनोद पटेल निरन्तर प्रयासमा रहनु भएको थियो , अब भने पालिकाका कर्मचारी लगाएतका समस्या समाधान भै बिकासले गति लिने देखिन्छ ।

About pawan

Check Also

वृन्दावनमा कलसी यात्रा नगरप्रमुख पटेल सहभागी

२०८१ असोज १८ पवन रौतहट स्थित वृन्दावन नगरपालिका वडा नम्बर ६ मा नवरात्रीको पहिलो दिन …

Leave a Reply

Your email address will not be published. Required fields are marked *