०८० पुस , २८” पबन घिमिरे
रौतहट स्थित चन्द्रपुर नगरपालिका , १ मा रहेको कदम कृषि सहकारी संस्थाले आफ्नो १२ औ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । शनिवार एक कार्यक्रमको आयोजना गरि संस्थाले सो साधारण सभा सम्पन्न गरेको हो । ०६२ सालमा स्थापना भै दुई सय भन्दा बढी शेयर सदस्य रहेको कदम कृषि सहकारी संस्थाले नौ लाख बराबरको कारोबार गर्न सफल भएको संस्थाकि अध्यक्ष यशोदा राउतले जानकारी दिनुभयो ।
१२ औ बार्षिक साधारण सभामा शुभकामना मन्तव्य राख्नुहुदै प्रमुख अतिथि बागमती सहकारीका अध्यक्ष पदम प्रसाद पहाडीले सहकारीको सफलताको शुभकामना दिनु भएको थियो । हाल सहकारीले कृषकका लागि आवश्यक पर्ने खाद मल बितरण गर्दै आइरहेको छ । उक्त साधारण सभा यशोदा राउतको सभाध्रीक्षतामा सम्पन्न भएको हो भने स्थानिय बुद्धिजिबिको समेत उपस्थिति रहेको थियो ।
Check Also
वृन्दावनमा कलसी यात्रा नगरप्रमुख पटेल सहभागी
२०८१ असोज १८ पवन रौतहट स्थित वृन्दावन नगरपालिका वडा नम्बर ६ मा नवरात्रीको पहिलो दिन …
Sarokar Bisesh online news portal
