चन्द्र्पुरको हिउदे नगर सभा सम्पन्न , नगरको बिकासमा अग्रसर् हुन मेयर काफ्ले प्रतिबद्ध

०८० , फागुन , ५ ,  पबन                                                         रौतहट स्थित चन्द्रपुर नगरपालिकाको   १२ औ   नगर सभा सम्पन्न भएको छ ।  हिउदै नगर सभा  उदघाटन गर्नुहुदै प्रमुख  अतिथिका रुपमा रहनु भएका  प्रतिनिधि सभा सदस्य देब प्रसाद तिमल्सिनाले  नगर सभा  स्थानिय  तहको    बिकासमा महत्वपुर्ण  अंग भएको  बताउनु भएको छ   ।  उपप्रमुख जयमाला चौधरीले  चन्द्रपुर  नगरको बिकासमा स्वास्थ्य, शिक्षा, पशु, कृषि, सहकारी क्षेत्र लाई समेटदै जनमुखी कार्यक्रम ल्याइएको बताउनु भयो । सभाले १ अर्ब ४९ करोड ४७  लाख २१ हजार ७ सय ७९ को शंसोधित खर्च पेश  गरेको  छ । सभाले निति तथा कार्यक्रमलाई ध्यानमा राखी जन चाहाना अनुरुप काम गर्ने  उल्लेख गरेको छ ।
सभाध्यक्षका रुपमा  नगर सभालाई सम्बोधन गर्नुहुँदै नगर प्रमुख सन्जय काफ्लेले   नगरपालिकाको समग्र बिकासका लागि  जनतामुखि  काम गर्ने र त्यसको कार्यान्वयनको लागि आफू  अग्रसर भएर काम गर्ने बताउनु हुँदै सभा सम्पन्न गर्न भुमीका निर्वाह गर्नु हुने जन प्रतिनिधि , कर्मचारी सबैमा धन्यवाद  दिन भयो । रौतहटका विभिन्न स्थानीय तहमा नगर सभा सम्पन्न हुन नसकेको अवस्थामा चन्द्रपुर नगरपालिकाले हिउदे नगर सभा सुहार्दपुर्ण वातावरणमा सम्पन्न  गरेकोमा  खुसी ब्यक्ति गर्नु हुँदै   चन्द्रपुर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत किरणनिधि तिवारीले सबैमा शुभकामना ब्यक्त गर्नु भएको छ ।

About pawan

Check Also

शान्ति नै विकास र समृद्धिको मूल आधार हो , नगरप्रमुख सन्तलाल चौधरी

२०८१ असोज ६ पवन घिमिरे रौतहट स्थित गुजरा नगरपालिका नगरप्रमुख सन्तलाल चौधरीले शान्ति नै विकास …

Leave a Reply

Your email address will not be published. Required fields are marked *