बृन्दावन नगर प्रमुख बिनोद पटेल शैक्षिक सुधारमा


०८० मङ्सिर ३० , पबन घिमिरे
रौतहट स्थित  बृन्दावन  नगर प्रमुख बिनोद पटेलले नगरको शैक्षिक अवस्था सुधारका लागि प्रयासरत रहेको बताउनु भएको छ । शनिवार सरोकार विशेष संगको कुराकानीको क्रममा यस्तो कुरा बताउनु भएको हो । नगरका बिद्यालयहरुमा रहेका विभिन्न समस्यालाई आफुले नजिक बाट बुझेको र त्यसलाइ निराकरण गर्ने कुरामा प्रतिबद्ध रहेको जानकारी दिनुहुँदै शिघ्र नगरमा लोक सेवा कक्षा संचालन गर्ने योजनामा रहेको उल्लेख गर्नुभयो । नगरमा लोक सेवा कक्षा संचालन भए पश्चात आयोगका तयारी गरिरहेका वा सोचमा रहेका विद्यार्थीका लागि थप टेवा पुग्ने नगर प्रमुख पटेलको निस्वास रहेको छ । बृन्दावन नगरपालिकामा रहका स्वास्थ , शिक्षा लगायत बिकासका पुर्वाधार निर्माणका लागि आफ्नो तर्फ बाट पहल भइरहेको बताउनुहुदै सौर्य बत्ती , सडक बिस्तार , बिद्यालयमा सुधार आजको आवश्यकता रहेको हुदा यसमा सबैको सहयोग हुदा नगर नमुना बन्ने बताउनुभयो ।

नगर बाट बिनियोजित बजेटलाई जनताको चाहाना अनुरुप काम गरि बृन्दावन नगरलाई स्वच्छ , हराभरा नगर निर्माणका लागि सबै संग सहकार्य गरि अधि बढि रहेको नगर प्रमुख बिनोद पटेलको धारणा रहेको छ ।

About pawan

Check Also

वृन्दावनमा कलसी यात्रा नगरप्रमुख पटेल सहभागी

२०८१ असोज १८ पवन रौतहट स्थित वृन्दावन नगरपालिका वडा नम्बर ६ मा नवरात्रीको पहिलो दिन …

Leave a Reply

Your email address will not be published. Required fields are marked *