एकीकृत बचतको पन्ध्रौं साधारण सभा सम्पन्न , मन्त्री द्वारा उदघाटन

०८० कार्तिक , १९ आइतबार ,  पबन घिमिरे
रौतहट स्थित एकीकृत बचत तथा ऋण सहकारी संस्थाले आफ्नो पन्ध्रौं बार्ष्रीक साधारण सभा सपन्न गरेको छ । शनिवार  चन्द्रपुर २  स्मृति  पार्कमा एक भब्य कार्यक्रमको आयोजना गरि  साधारण सभा  सम्पन्न गरेको हो ।  संस्थाका अध्यक्ष कृष्ण बहादुर खडकाको सभाध्यक्षतामा सम्पन्न  साधारण सभामा मधेस प्रदेश भुमी ब्यवस्था तथा कृष्री सहकारी मन्त्री गोबिन्द न्यौपाने प्रमुख अतिथिका रुपमा रहेका  थिय  भने  सोही मन्त्रालयका उप सचिव राममणि अधिकारीको समेत उपस्तिथि रहेको थियो ।
प्रमुख अतिथि द्वारा द्दिप प्रज्वलन गरि कार्यक्रमको औपचारिक उदघाटन गरिएको थियो  साथै  संस्थाका उपाध्यक्ष ऋसबदेब आचार्यले स्वागत मन्तव्य राखेका थिए ।  उक्त बार्ष्रीक साधारण सभामा समिती द्वारा प्रतिबेदन समेत प्रस्तुत गरिएको थियो ।   साधारण सभालाई सम्बोधन गर्नुहुदै  भुमी ब्यवस्था कृषि सहकारी मन्त्री गोबिन्द न्यौपानेले सहकारीलाई अझ नितिगत रुपमा मधेस प्रदेशमा अगाडि बढाइ सहकारी प्रती प्रदेश सरकारले खेल्न सक्ने भुमिकामा कमि नरहने बताउनु भयो । उक्त कार्यक्रममा उपस्थित सहकारी अभियान्ताहरुले एकीकृत बचत तथा ऋण सहकारी संस्थालाई   सफलता  शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रममा सहकारी शाखा  प्रमुख नसरे आलम , गुन्जन रेडियो स्टेशन म्यानेजर संजय कार्की , नव बिकासका राजु तिवारी , स्वस्तिक  बचतका    नरेन्द्र राना , सफल बचत प्रतिनिधि लगाएतको उपस्थिति रहेको थियो  कार्यक्रममा विभिन्न बिधा तर्फ जेष्ठ नागरिक लगाएत बाल बालिकालाइ समान सहित शेयर सदस्य लाई चिठा मार्फत सम्मान गरिएको थियो । संस्थामा तीन हजार भन्दा बढी शेयर सदस्य रहेका छन भने करोडौको  कारोबार गर्न संस्था  सफल भएको छ ।

About pawan

Check Also

शान्ति नै विकास र समृद्धिको मूल आधार हो , नगरप्रमुख सन्तलाल चौधरी

२०८१ असोज ६ पवन घिमिरे रौतहट स्थित गुजरा नगरपालिका नगरप्रमुख सन्तलाल चौधरीले शान्ति नै विकास …

Leave a Reply

Your email address will not be published. Required fields are marked *