सुर्योद्रय नगरपालिकाको एक विशेष कार्यक्रममा सुजना रिजाल सम्मानित

कोशी प्रदेश , सम्बादाता
कोशी प्रदेशको सुर्योदय नगरपालिका , ९ ले आयोजना गरेको आत्महत्या , डिप्रेशन , लागू पदार्थ न्यूनीकरण सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रममा सामाजिक अभियानता तथा प्रशिक्षक सुजना रिजाल सम्मानित हुनु भएको छ । लामो समय देखि सामाजिक कार्य लगाएत अभियानमा लाग्नु भएकि रिजाललाई आयोजक वडाको वडा अध्यक्ष देबेन्द्र शर्मा सहितको टिम त्यसै गरि पशुपतीनगर प्रहरी निरीक्षक लगाएतले दोसल्ला सहित प्रमाण पत्रले सम्मानित गर्नु भइ सुजना रिजालको अभियान प्रती धन्यवाद समेत दिनुभएको थियो । उक्त कार्यक्रमको उदेश्य माथी प्रस्ट पार्नु हुदै औपचारीक कार्यक्रमको सभाध्यक्ष समेत रहनु भएका वडा अध्यक्ष देबेन्द्र शर्माले खुलेर कार्यक्रमको प्रशन्सा गर्नु हुँदै आगामी दिनमा यी कार्यक्रम प्रथामिकताका साथ राख्ने बताउनु भएको थियो । विशेष अतिथीका रुपमा वडा न १३ का वडा सदस्य टीका गौतम सहित वडाका बुद्दिजिबि , प्रती निधि , युवा क्लब , गृरि सयौको सहभागिता रहेको थियो । सम्मानित भए पश्चात् आयोजक वडा र नेपाल प्रहरीलाई समेत प्रमाण पत्र प्रदान गर्नुहुदै अभियानता रिजालले यस्ता अभियानमा आफू सकृय पुर्वक लाग्ने प्रतिबद्ध ता समेत ब्यक्त गर्नु भएको थियो ।

About pawan

Check Also

कर्मठ र शिक्षा प्रेमी प्रधानाध्यापक गगनदेव यादव

०८१ भदौ २६ पबन घिमिरे रौतहट स्थित चन्द्रपुर नगरपालिका वडा नं ९ मा रहेको पञ्च …

Leave a Reply

Your email address will not be published. Required fields are marked *