मिथिला नगरपालिकाको आयोजना र त्रीरत्न परामर्शको सहयोगमा जनचेतना मुलक कार्यक्रम

पबन , फाल्गुन , १७ धनुषा स्थित मिथिला नगरपालिका ,११ मा बाल बिकास क्षमता अभिबृद्दि सम्बन्ध जनचेतनामुलक कार्यक्रम शुरु भएको छ । मिथिला नगरपालिका , ११ को आयोजना साथै त्रीरत्न परामर्श प्रा लिको सहयोगमा सन्चालित उक्त कार्यक्रम फाल्गुन १७”र १८ मिथिला नगरपालिका अन्तर्गत पर्ने वडा नम्बर ११ को तुलसीमा हुने सहयोगी सस्थाले जानकारी दिएको छ । आज बुधबार पहिलो दिनको उक्ति कार्यक्रममा प्रमुख अतिथी रहनु भएकि मिथिला नगरपालिका उप प्रमुख सुनिता सङ्ग बुढाथोकीले कार्यक्रम सफलताको शुभकामना दिदै यस्या कार्यक्रमले बाल बालिकाको सर्बाङण्री बिकासमा सहयोग पुग्ने बताउनुभयो त्यस्तै सो कार्यक्रममा सहयोगी सस्थाको तर्फबाट स्वागत मन्तब्य राख्नु हुँदै सहयोगी सस्था त्रीरत्न परामर्श प्रा लिका निर्देशक दुर्गा ग्यावा तामाङले यस्ता कार्यक्रमलाई सामाजिक रुपमा अधि सार्दै सरानिय कार्य गरेकोमा आयोजक वडालाई धन्यवाद दिनुभयो । कार्यक्रममा महिला बालबालिका शाखा प्रमुख मिलन देबि श्रीवास्तब , नेपाली काग्रेस क्षेत्र ( ४ ) धनुषा प्रदेश सभापति बासुदेब पौडेल , स्वास्थकर्मी कमल कार्की , बि ब्य स हरि जि लगाएतले कार्यक्रमको सफलताको शुभकामना दिनु भएको थियो भने अन्य अतिथीमा वडा सदस्य बिन्दा माझी , बिन्दु भित्रीकोटे , रण बहादुर कार्कि त्यसै गरि शिक्षक गजेन्द्र जङ्ग कार्की , अजित कुमार माझि लगाएत गिता र यज्ञ कुमारीले अततिलाइ स्वागत स्वरुप खादा ओढाउनु भएको थियो । कार्यक्रममा प्रशिक्षक सन्जिब महतो रहनुभएको छ भने मिथिला नगरपालिका वडा नम्बर ११ का अडा अध्यक्ष बेद बहादुर कार्कीको अध्यक्षतामा उक्त कार्यकम सन्चालन भएको थियो ।

About pawan

Check Also

सूचना

Leave a Reply

Your email address will not be published. Required fields are marked *