मधेस प्रदेशमा पहिलो पटक चन्द्रपुर नगर प्रमुख काफ्ले द्वारा बिपतको बेला उद्वारको सामाग्री हस्तान्तरण

०८1 असार २६ पनन घिमिरे रौतहट स्थित चन्द्रपुर नगरपालिकाले विपद् प्रतिकार्य सामग्री हस्तान्तरण गरेको छ। आज चन्द्रपुर नगरपालिकाको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच चन्द्रपुर नगर विपद् व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका नगर प्रमुख सञ्जयकुमार काफ्लेले नेपाली सेनाको श्री बीर दल चन्द्रनिगापुर इलाका प्रहरी कार्यालय चन्द्रनिङ्गापुर सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प सन्तपुर को सुरक्षाकर्मीको टोलीलाई सो सामग्री हस्तान्तरण गर्नुभएको हो। हस्तान्तरण कार्यक्रममा बोल्दै नगर प्रमुख काफ्ले चन्द्रपुर नगरपालिकालाई विपदबाट आउने संकटबाट जोगाउन चन्द्रपुर नगरपालिका सदैव प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले आज हस्तान्तरण गरेका सामग्रीहरु विपद्को बेला नागरिकहरूलाई उद्धार तथा राहतको लागि उपयुक्त ढङ्गले परिचालन गरिनेमा विश्वास व्यक्त गर्नुभयो। उहाँले आफूले निर्वाचित भएर आएदेखि नै चन्द्रपुर नगरपालिकाका विपद् जोखिममा रहेका बस्ती तथा समुदायहरूको पहिचान गरी उनीहरुलाई विपदबाट जोगाउन विभिन्न ठोस कार्यक्रमहरु सञ्चालन गरेको जानकारी दिनुभयो ।

चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरणनिधि तिवारीले चन्द्रपुर नगरपालिका आफ्ना नागरिकलाई विपदबाट हुनसक्ने जोखिमबाट जोगाउन योजनाबद्ध ढंगले प्रतिबद्ध भएर लागेको जनाउनुभयो । उहाँले चन्द्रपुर नगरपालिकालाई विपद्को जोखिम बाट सुरक्षित गर्न आगामी दिनहरूमा अझ बढी कार्यक्रम तथा योजनाहरू ल्याउने बताउनुभयो।

सो कार्यक्रममा चन्द्रपुर नगरपालिकाका उपप्रमुख जयमाला चौधरी चन्द्रपुर नगरपालिकाका शाखा अधिकृत मिश्रीलाल शाह विभिन्न सुरक्षा निकायका अधिकारीहरू लगायतको उपस्थिति रहेको थियो।

About pawan

Check Also

शान्ति नै विकास र समृद्धिको मूल आधार हो , नगरप्रमुख सन्तलाल चौधरी

२०८१ असोज ६ पवन घिमिरे रौतहट स्थित गुजरा नगरपालिका नगरप्रमुख सन्तलाल चौधरीले शान्ति नै विकास …

Leave a Reply

Your email address will not be published. Required fields are marked *