मिथिला नगरपालिकाको आयोजना , त्रीरत्न परामर्शको सहयोगमा मेलमिलाप सम्बन्ध तिन दिने तालिम सम्पन्न

असार , ४ , पबन , धनुषा
धनुषा स्थित मिथिला नगरपालिकामा मेलमिलाप सहजकर्ताका लागि दिएको तीन दिने तालिम सोमबार सम्पन्न भएको छ । उक्त तालिम मिथिला नगरपालिकाको आयोजना , त्री रत्न परामर्शको सहयोगमा संचालित भएको हो । आफ्नो नगरको एघार वटै वडामा चयन गरिएको मेलमिलाप केन्द्र पदाधिकारीहरुलाई अझ सक्षम बनाइ सामाजिक समस्या समाधान गर्न सकुन भन्ने उदेश्यका साथ तालिमको आयोजना गरिएको आयोजक् नगरले जनाएको छ । तालिमको समापन समारोहमा बोल्नु हुँदै एसिया फाउन्डेसन मधेस प्रदेश संयोजन मन्जु बिश्वकर्माले यस्ता तालिमले स्थानिय तहमा सकारात्मक भुमिका खेल्न सक्ने बताउनु भयो । न्यायिक समितीको तर्फ बाट बिचार राख्नु हुँदै जय नारायण यादवले समाजमा मेलमिलाप कर्ताको भुमिका सरानिय रहेको उल्लेख गर्नु भएको छ । साठी सहभागी रहेका मेलमिलाप सहज कर्तालाई समपन समारोहको प्रमुख अतिथि रहनु भएकि मिथिला नगरपालिका उप प्रमुख सुनिता सिङ्ग बुढाथोकीले सफलताको शुभकामना दिनु हुदै जुन सुकै समय मेलमिलाप कर्ताको साथमा रहेको बताउनु हुँदै आफुमा काम गर्ने तिब्र इच्छा रहेको र सबैले साथ , हौसला प्रदान गरिदिन अनुरोध समेत गर्नुभयो । प्रशिक्षक अधिवक्ता टिकाध्वज खडकाले सहभागीको उत्साह प्रतो खुसी ब्यक्त गर्नुहुँदै सहयोग गने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको छ , सहभागीले समेत तालिम सफल भएको प्रतिक्रिया दिएका छन । सहयोगी सस्थाका निर्देशक दुर्गा ग्यावा तामाङको सभाअध्यक्षमा तालिम सम्पन्न भएको थियो जसमा न्याक समितिको तफबाट तालिमका लागि लक्ष्मी थिङले सकिय उपस्थिती जनाउनु भएको थियो ।

About pawan

Check Also

वृन्दावनमा कलसी यात्रा नगरप्रमुख पटेल सहभागी

२०८१ असोज १८ पवन रौतहट स्थित वृन्दावन नगरपालिका वडा नम्बर ६ मा नवरात्रीको पहिलो दिन …

Leave a Reply

Your email address will not be published. Required fields are marked *