समाजसेबि बसन्त आचार्य बने चन्द्रोदय साकोसको अध्यक्ष

About the author

रौतहट , पबन , पौष , १० रौतहट स्थित चन्द्रोदय साकोसले पौष ९ गते शनिबारका दिन आफ्नो १४ औ साधारण सभा सम्पन्न गरेको छ । चन्द्र्पुरको होटल अशोकामा आयोजित उक्त साधारण सभाले साकोसको अध्यक्ष समेत चयन गरेको छ । आफ्ना शयर सदस्य लगाएत सरोकारवाला निकायको विशेष उपस्थिती सहित साकोसले नया सन्चालक समिती पाएको हो । जिल्लाकै उत्कृष्ट सहकारीको रुपमा परिचित चन्द्रोदय साकोसमा युवा समाजसेबि वसन्त आचार्यलाई साधारण सभामा उपस्थित हजारौ शेयर सदस्यले निर्बिरोध अध्यक्षको जिम्मेवारी दिएका छन । लामो समय सामाजिक सेवामा निरन्तर लागि परेका आचार्य युवाका समेत रुचिका ब्यक्ति हुन । कोभिड – १९ ले बिश्वभर आक्रान्त पारेको समयमा समेत ज्यानको प्रवाह नगरी बिपन्न समुदायका चुल्हो बाल्न घर घर पुगेका आचार्य साकोसको उपाध्यक्ष पदमा रहदा समेत इमानदारी र सकृय ब्यक्तीका रुपमा चिनिदै आएका युवा हुन । अध्यक्षका पदमा चयन भए पस्चात सस्थालाई अझ उत्कृष्ट बनाउदै लाने प्रतिबद्धता सहितआचार्यले शुभेच्छुक , सहयोगि सबैमा धन्यवाद ज्ञापन गरेका छुन । आचार्य समाजसेवि मात्र नभइ गितकार सहित उत्कृष्ट कार्यक्रम सन्चालक समेत हुन । सोही १४ औ साधारण सभाबाट प्रकाश गहतराजको अध्यक्ष पदको कार्यकाल सकिय संगै वसन्त आचार्य सहितको टिमलाई बधाई दिदै कार्यकालको शुभकामना समेत प्रदान गरेका छन ।

About pawan

Check Also

शान्ति नै विकास र समृद्धिको मूल आधार हो , नगरप्रमुख सन्तलाल चौधरी

२०८१ असोज ६ पवन घिमिरे रौतहट स्थित गुजरा नगरपालिका नगरप्रमुख सन्तलाल चौधरीले शान्ति नै विकास …

Leave a Reply

Your email address will not be published. Required fields are marked *