
पबन , माध , १९ महोत्तरी क्षेत्र न १ ( क ) मधेस प्रदेश माननीय शारदा देबि थापा दोश्रो पटक पनि माननीयको सपथ लिए संगै मन्त्रालयको पुर्ण जिम्मेवारि पाउनुहुन्छ कि भन्ने आम क्षेत्र वासी जनतामा आशा पलाएको छ । पहिलो पटक २०७४ मा मधेस प्रदेश माननिय बन्नु भए पश्चात् दोश्रो पटक पनि जनताको मतले साझा गठबन्धनलाई पछाडी पार्दै एमालेको तर्फबाट ६ सय भन्दा बढी मतले बिजय हुनु भएको थियो । राजनीतिमा प्रबेश गर्नुपुर्व देखि नै समाज सेवामा निरन्तर लाग्नु भएकि माननिय शारदा देबि थापा आम जनताको आशाको केन्द्रबिन्दु समेत हुनुहुन्छ । मधेस प्रदेशमा भर्खरै बनेको मन्त्री मण्डलमा माननीय शारदा देबि थापालाई पनि एक मन्त्रालयलेको जिम्मेवार दिए जनताको आशा भरोसामा थप टेवा पुग्ने र महिला शसक्तिक्ररणको आवाजमा समेत बल पुग्ने जन चाहाना रहेको छ । ०७४ मा पहिलो पटक माननियको रुपमा उदाय पछि सरल र जनताका सुख दुखमा साथ दिई थुप्रै बिकासका काम समेत सम्म्पन्न गर्नभएको छ । मतदाताको प्रीय पात्रको रुपमा रहदै आउनुभएकि माननीय शारदा देबि थापालाई मधेस प्रदेशमा मन्त्रालयको पुर्ण जिम्मेवारि दिनु जनताको चाहाना मात्र नभाइ आजको आवस्यकता पनि हो ।
Sarokar Bisesh online news portal
