bbbbbपबन , रौतहट , पुस – २ आफुले न्याय पाउनु पर्ने माग राख्दै मर्होत्तरी औरही घर भइ रामगोपालपुर महोत्तरीमा नै बिबाह गरकी नेहा चौधरी निरन्तर आवाज उठाइ रहेकी छिन । प्रेम सम्बन्ध पश्चात् मागी बिबाह गरेकि उनले बिबाहको केही दिन पछि श्रीमान सासू ससुरा बाट आफूमाथी शारीरिक , मानसिक यातना भएको भन्दै न्यायका लागि आवस्यक सहयोग गरिदिन भन्दै सामाजिक संजाल मार्फत अनुरोध गरेकी थिइन । तस पश्चात् यो घटना बाहिरिएको थियो । नेहाले सामाजिक सन्जालमा भनेकी छिन ” दाइजो लगायत विभिन्न कारण मैले मानसिक र शारीरिक यातना सहदै आएको छु ” तस्बिरमा आफ्नो शरीरका निल डाम समेत उनले सार्बजनिक गरेकी छन । तर श्रीमान भनिएका डा. पंकज चौधरीले नेहाले आरोप मात्र लगाएको एक मिडियामा ब्स्ताएका छ्न । नेहाका अनुसार उनिलाइ उनको घरपरिवारले स्विकार्नु पर्ने र आफु सम्बन्ध बिच्छेद नगर्ने बताउदै आएकि छिन । हाल उनले जिल्ला प्रहरी कार्यलय देखि अदालत सम्म उजुरी सहित मुद्दा दर्ता गराएकि छिन । यहि घटनालाई लिएर केही दिन अघि रामगोपालपुर , महोत्तरीमा रहेको नेहाको घरमा धर्नाको क्रममा झडप हुदा पिडित पक्ष्र र प्रहरी समेत घाइते भएका थिए । भिडलाई नियन्त्रण गर्न प्रहरीले हवाइ फाएर समेत गर्नु परेको प्रहरिले जनाएको छ । नेहा चौधरीले न्याय पाउनु पर्ने भन्दै कुमारी आमा निहारिका राजपुत समेत आवाज उठाइरहेकी छिन ।
Tags नेहा
Check Also
शान्ति नै विकास र समृद्धिको मूल आधार हो , नगरप्रमुख सन्तलाल चौधरी
२०८१ असोज ६ पवन घिमिरे रौतहट स्थित गुजरा नगरपालिका नगरप्रमुख सन्तलाल चौधरीले शान्ति नै विकास …
Sarokar Bisesh online news portal
