चन्द्रपुरमा नगर शिक्षा अधिकारी दिपेन्द्र कुमार मण्डल चम्किलो तारा बन्दै

०८१ बैशाख १६ , पबन कुमार घिमिरे रौतहट स्थित चन्द्रपुर नगरपालिका नगर शिक्षा अधिकारी दिपेम्द्र कुमार मण्डल नगरको शिक्षा सुधारका लागि सकृय देखिन्छन । लामो समय देखि शिक्षा प्रमुखको जिम्मेवारी समाल्दै आएका मण्डल चन्द्रपुर नगरपालिकाको शैक्षिक स्तर उकास्न कम्मर कसेर लागि परेका छन । विभिन्न बिधालयका शिक्षक संग समन्वय गर्नु र उनिहरुलाई परेको समस्या सम्बोधन गर्नु दिपेन्द्र कुमार मण्डलको दैनिकि नै बनेको छ । बिधालय अनुगमन देखि शैक्षिक कार्यक्रममा सहभागी हुनु यिनको विशेषता हो । संजय काफ्ले चन्द्रपुर नगरपालिकामा नगर प्रमुखको रुपमा निर्वाचित भए पश्चात् शैक्षिक सुधारका लागि नगर स्वयम् सेवक शिक्षक भर्ना लगाएत ब्यवस्थापनमा दिपेन्द्र कुमार मण्डलले कुशल भुमिका निर्वाह गरेको बुझिन्छ । आफ्नो पेशा प्रती कर्तव्य निस्ठ भै काम गर्ने अधिक्र्त दिपेन्द्र कुमार म्ण्डल दिन रात शिक्षा तर्फ केन्द्रीत भएको भेटिन्छन । उनि भन्छन ” मेरो पेशामा म इमान्दार छु , शिक्षामा सुधार मेरो कर्तव्य हो सो बाहेक अरु स्वार्थ छैन “चन्द्रपुरमा नगर शिक्षा अधिकारीका रुपमा दिपेन्द्र कुमार मण्डल आए पश्चात् शैक्षिक क्षेत्र सुधार भएको र शिक्षकका आवस्यकता समेत समयमा समाधान हुने गरेको विभिन्न बिधालयको शिक्षकको धारणा रहेकोमा यसैपाली आयोग द्वारा छनौट भइ आएका शिक्षकलाई समेत मण्डले बिभिन्न बिद्यालयमा ब्यवस्थापन गरिसकेका छन । नगर शिक्षा अधिकारी दिपेन्द्र कुमार मण्डल विभिन्न समयमा विभिन्न सस्थाबाट सम्मानित समेत हुदै आएका छ्न ।

About pawan

Check Also

वृन्दावनमा कलसी यात्रा नगरप्रमुख पटेल सहभागी

२०८१ असोज १८ पवन रौतहट स्थित वृन्दावन नगरपालिका वडा नम्बर ६ मा नवरात्रीको पहिलो दिन …

Leave a Reply

Your email address will not be published. Required fields are marked *