प्रधानाध्यापक गोमा तिमल्सिना बाट निजि खर्चमा मेनुका सिमसारका बिद्यार्थीलाई २० हजार बराबरको पोशाक बितरण , बिद्या सापकोटा द्वारा धन्यवाद

श्रावण , ५ , शुक्रवार , पबन , रौतहट
रौतहट स्थित चन्द्रपुर नगरपालिका ८ मेनुका सिमसार प्राथमिक बिद्यालयमा सुक्रवार बिद्यार्थीलाई बिद्यालय पोशाक बितरण गरिएको छ । उक्त बिधालयमा अध्ययन गर्ने ८० बिधार्थीलाई सोही बिद्यालयकि प्रधानाध्यापक गोमा तिमल्सिनाले निजि खर्चमा करिब बिस हजार बराबरको बिद्यालय पोशाक बितरण गर्नु भएको हो ।
पहिलो त्रैमासिक परिक्षा सकिएर बिद्यालय बिदा भइ भदौ बाट मात्र कक्षा संचालन हुने समयलाई ध्यानमा राखी बिद्यालय सुचारु हुदा सबै बिद्यार्थी स्कुलको पोशाकमा आउन भन्ने उदेश्यका साथ आफुले बिद्यार्थीलाई पोशाक बितर्ण गरेको प्रधानाध्यापक तिमल्सिनाले जानकारी दिनुभयो ।
बिद्यार्थीलाई पोशाक बित्रण बारे आफ्नो धारणा राख्नु हुँदै बिद्यालय ब्यवस्थापन समिती अध्यक्ष बिद्या सापकोटाल यस्ता कार्य बाट बिद्यार्थी , अभिभावकको मनोबल उच्च हुने हुदा उनिहरुमा थप प्रोत्साहन मिल्ने भन्दै प्रधानाध्यापक गोमा तिमल्सिनालाइ धन्यवाद समेत दिनुभइ आफुले पनि यस कार्यमा समन्वय गरेको उल्लेख गर्नुभयो ।
पोशाक लिनका लागि मेनुका सिमसार बिद्यालय पुगेका बिधार्थीका अभिभावकले समेत खुसी ब्य्क्त गरेका छन ।
उक्त कार्यकममा बिद्यालय जमिनदाता वसन्त सापकोटा सहित शिक्षक , बिधार्थी , अभिभावक गरि सयौको उपस्थित रहेको शिक्षक शेख जैहर अलिले जानकारी दिनुभयो ।

 

About pawan

Check Also

वृन्दावनमा कलसी यात्रा नगरप्रमुख पटेल सहभागी

२०८१ असोज १८ पवन रौतहट स्थित वृन्दावन नगरपालिका वडा नम्बर ६ मा नवरात्रीको पहिलो दिन …

Leave a Reply

Your email address will not be published. Required fields are marked *