०८० पुस , २६ पबन घिमिरे
रौतहट स्थित चन्द्रपुर नगरपालिकामा केही दिन यता हात्ती आतंक बढन थाले संगै स्थानीय त्रसित बन्न थालेका छन । चन्द्रपुर नगरपालिका अन्तर्गत पर्ने पौराइ , जुडिबेला , गैडाटार , कप्तानटोल लगाएतका स्थानहरुमा स्थानियले लगाएका अन्नबाली जंगली हात्तिले नोक्सान गर्न थाले पछि स्थानिय त्रसित र चिन्तित बन्न थालेका हुन । हात्तीका कारण खानेबाली नोक्सान हुन थाले पछि किसानको समस्या सम्बोधन गर्नका लागि नगर प्रमुख संजय काफ्ले क्षतिको बिबरण बुझ्नका लागि चन्द्रपुर ३ र ४ को वडामा पर्ने गैडाटार र कप्तानटोल पुग्नुभएको छ अनुगमन पश्चात् स्थानिय संग कुराकानी गर्नु हुँदै काफ्लेले भएको क्षती बारे नियमनुसार के गर्न सकिन्छ सो सम्बन्धमा पालिका लगाएत आफ्नो तर्फ बाट हुन सक्ने सहयोग रहने बताउनु भएको छ । प्रत्यक बर्ष जंगली हात्तीका कारण रौतहटमा मानिसले समेत ज्यान गुमाउनु परेको छ ।
Check Also
वृन्दावनमा कलसी यात्रा नगरप्रमुख पटेल सहभागी
२०८१ असोज १८ पवन रौतहट स्थित वृन्दावन नगरपालिका वडा नम्बर ६ मा नवरात्रीको पहिलो दिन …
Sarokar Bisesh online news portal
