
पबन , ०६ , शनिबार रौतहट स्थित चन्द्रपुर नगरपालिकामा रहेको संकल्प बचत तथा ऋण सहकारी संस्थाले आफ्नो पन्ध्रौं बार्षिक साधारण सभा भब्यताका साथ सपन्न गरेको छ । चन्द्रपरमा रहेको जनज्योति बहुमुखी क्याम्पसको प्राङ्गणमा आयोजित सो कार्यक्रममा बयानब्बे बर्षिया जेष्ठ नागरिक शिबमाया बस्नेत प्रमुख अतिथी रहनु भएकोमा आयोजक संस्थाका अध्यक्ष बिभु पोखरेल सभाध्यक्ष रहनु भएको थियो । २०६५ सालमा १०१ शेयर सदस्य सहित तीस लाख शेयर पुजि बाट शुरु भएको संकल्प बचत तथा ऋण सहकारी संस्था ८० साल सम्म आइपुग्दा ६३ करोड कारोबार सहित ४०६४ जना शेयर सदस्य बिस्तार गर्न सफल भएको संस्थाको अध्यक्ष सहित सचीव र कोषाध्यक्षको प्रतिबेदनले जनाएको छ । संस्थाको तर्फबाट आफ्नो धारणा राख्नु हुँदै अध्यक्ष बिभु पोखरेलले ०८० / ०८१ मा शेयर सदस्यमा बिस्तार गरि सहकारीलाई प्रबिधीमुखी बनाउने कुरामा जोड दिनु हुँदै संकल्प बचत तथा ऋण सहकारी संस्था मधेस प्रदेशमै उत्कृष्ट सहकारीको रुपमा विभिन्न समयमा सम्मानित समेत भएको जानकारी दिनुहुदै सबै प्रती आभार प्रकट गर्नुभयो त्यस्तै बार्षिक साधारण सभामा शुभकामना मन्तव्य राख्नु हुँदै पत्रकार महासंघ केन्द्रीय सदस्य तथा कान्तिपुर दैनिकका रौतहट प्रतिनिधि शिव पुरिले संकल्प बचत तथा ऋण सहकारी संस्थाको बारेमा सकारात्मक टिप्पणी गर्नुहुदै प्रगतिको शुभकामना दिइ धन्यवाद समेत ज्ञापन गर्नुभयो , गुन्जन एफ एममा ब्यवस्थापन संजय कार्कीले आगामी दिनमा सहकारीको प्रगती हेर्न चाहेको बताउनुभयो । कार्यक्रममा चन्द्रपुर ५ का वडा अध्यक्ष निलहरि कोइराला , पत्रकार शिव पुरी , यादवराज पुरी , सुब्बा कार्की , संजय कार्की , रमेश तिमल्सिना , मनोज तिमल्सिना , दिपु मिश्रे , राकेश यादव लगाएत विभिन्न संघ संस्था प्रतिनिधिको उपस्थिति रहेकोमा अतिथीलाइ संकल्प बचत तथा ऋण सहकारी संस्थाले मायाको चिनो सहित सम्मान समत गरेको थियो भने बाक्लो संख्यामा शेयर सदस्यले आफ्नो उपस्थिती जनाएका थिए ।
Sarokar Bisesh online news portal
