सरोकार विशेष सम्बादाता रौतहट स्थित चन्द्रपुर नगरपालिका , ४ मा रहेको सेन्ट्रल फाइनान्स लिमिटेडले महेन्द्र राजमार्ग अन्तर्गत पर्ने बिभिम्न्न स्थानमा सचेतनामुलक होडिङ बोर्ड राखेको छ । ट्राफिक प्रहरी कार्यालय चन्द्रपुर संग समन्वय गरि सस्थागत सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत मङ्लबार पुर्व पश्चिम राजमार्गमा पर्ने धन्सार पुल नजिक सेन्ट्रल फाइनान्स चन्द्रपुर शाखा प्रमुख लोकनाथ पौडेल सहित ट्राफिक कार्यलय चन्द्रपुर प्रहरि निरीक्षक शुसिल आचार्यको उपस्थितिमा सो होर्डिङ बोर्ड राखिएको हो । ०८० बैशाख ०३ गते रौतहटको चन्द्रपुरमा शाखा बिस्तार गरेको सेन्ट्रल फाइनान्स लिमिटेड छोटो समयमै सेवाग्रहीको मन जित्न सफल भै सहुलिएत ब्याजमा कर्जा समेत उपलब्ध गराउदै आएको शाखा प्रमुख पौडेलले जानकारी दिनुभयो । होर्डिङ बोर्ड राखे पश्चात् सेन्ट्रल फाइनान्स लिमिटेडले गरेको कार्य को प्रशन्सा गर्नुहुँदै ट्राफिक प्रहरी निरीक्षक आचार्यले बढेको सडक दुर्घटनालाई यस्ता सामाजिक कार्यले न्यूनीकरण गर्न थप टेवा पुगेको बताउनु हुँदै फाइनान्सलाई धन्यवाद समेत दिनुभएको छ । सेन्ट्रल फाइनान्स लिमिटेड चन्द्रपुर शाखाले जेष्ठ नागरिक सामाजिक सुरक्षा रकम बितरणका लागि नगरपालिकाको १ र १० नम्बर वडामा समन्वय गरि काम गरिरहेको साथै उक्त रकमलाई वडामै बितरण गर्ने योजना रहेको शाखा प्रमुख लोकनाथ पौडेलको भनाइरहेको छ । सो कार्यक्रममा ट्राफिक कार्यलय चन्द्रपुरका प्रमुख शुसिल आचार्य सहित फाइनान्स शाखा प्रमुख लोकनाथ पौडेल कर्मचारी सुनिल चौधरी , धबेन्द्र कुमार याद्वव , सुवास बस्नेत र आरुषा राउतको उपस्थिति रहेको थियो ।
Check Also
शान्ति नै विकास र समृद्धिको मूल आधार हो , नगरप्रमुख सन्तलाल चौधरी
२०८१ असोज ६ पवन घिमिरे रौतहट स्थित गुजरा नगरपालिका नगरप्रमुख सन्तलाल चौधरीले शान्ति नै विकास …
Sarokar Bisesh online news portal
