पबन, रौतहट , पुस , १ रौतहट स्थित चन्द्रपुर नगरपालिकाले आफ्नो वडाहरुमा उपभोक्ता समितीहरुलाइ तालिमको ब्यबस्था गरेको छ । उपभोक्ता समितीलाई अनुशिक्षण कार्यक्रम नाम दिई संचालित उक्त कार्यक्रममा विभिन्न शिर्षकमा छुटयाइएको बिकासका बजेटबाट कसरी काम गर्ने र उपभोक्ता समितिले कामको खर्द बिबरण र निकासा कसरि बुझाउने निकासा गर्ने भन्ने सम्बन्धमा चन्द्रपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरिले प्रशिक्षण दिदै आउनु भएको छ ।

शुक्रवार चन्द्रपुर नगरपालिका १० मा आयोजित सोही कार्यक्रममा प्रमुख अतिथिका रुपमा उप प्रमुख जयमाला चौधरी रहनु भएको थियो भने वडा अध्यक्ष टंकेश्वोर चौधरी लगायत विभिन्न उपभोक्ता समितीमा रहेका पदाधिकारीहरुको समेत सहभागीता रहेको थियो ।
Tags चन्द्रपुर
Check Also
कर्मठ र शिक्षा प्रेमी प्रधानाध्यापक गगनदेव यादव
०८१ भदौ २६ पबन घिमिरे रौतहट स्थित चन्द्रपुर नगरपालिका वडा नं ९ मा रहेको पञ्च …
Sarokar Bisesh online news portal
