०८० फाल्गुन १८ पबन घिमिरे
रौतहट स्थित चन्द्रपुर नगरपालिकामा सामाजिक सुरक्षा जालो र महिलावादी आन्दोलन सुद्धिकरण दोस्रो चरण पालिका स्तरिय सार्बजनिक सुनुवाइ सम्पन्न भएको छ । टेवा संगको सहकार्यमा महिला सुरक्षा दवाब सनुह द्वारा सो कार्यक्रमको आयोजना गरिएको हो । स्थानिय तहमा जन प्रतिनिधिले महिलाका सवाल लगाएत जनतामुखी कामको सम्बन्धमा सहभागीले पालिकाका सरोकारवाला निकाय संग प्रत्यक्ष सम्बाद गर्नु यो कार्यक्रमको उदेश्य रहेको आयोजक संस्थाले जनाएको छ । सामाजिकजिक सुरक्षा जालो कार्यक्रम अधिकृत सरस्वती श्रेष्ठले टेवाको स्थापना लगाएत यसले गरेका सामाजिक कार्यबारे सहभागीलाई जानकारी गराउनु हुँदै सामाजिक सुरक्षा जालो र महिलावादीवादी आन्दोलन सुद्धिकरण कार्यक्रम देशको २१ जिल्लामा संचालित रहेको बताउनु भएको थियो।
चन्द्र्पुर नगरपालिकाको विभिन्न स्थान बाट सो सार्बजनिक सुनुवाइ कार्यकममा सहभागी हुन आइपुगेका सहभागीले प्रदेश देखि स्थानिय तह सम्मका प्रश्नलाई सरोकारवाला र जिम्मेवार निकाय समक्ष राखेका थिए जसमा अधिकान्स प्रश्न महिलामुखी रहेको थियो । प्रश्नको उत्तर दिनका लागि मधेस प्रदश माननीय युवराज भट्टराई , चन्द्रनिगाहपुर सरकारि अस्पताल मेडिकल अफिसर डाक्टर रुपेश साह , उधोग बाणिज्य संघ चन्द्रपुर अध्यक्ष सुरेन्द्र सापकोटा , इलाका प्रहरी कार्यालय चन्द्रबहादुर प्रहरी नायब निरीक्षक रामाकान्त प्रसाद यादव , होट्ल ब्यवसायी संघ अध्यक्ष , शिवराम राउत र पत्रकार फणी महतको उपस्थित रहेको थियो । उठेका प्रश्नको जवाफ अतिथीले दिदै यो अवसर जुटाइ दिएकोमा टेवा र महिला सुरक्षा द्ववाब समुह धन्यवादको पात्र बनेका थिए र्त्यसै बिच होटल ब्यबसायी अध्यक्ष द्वारा किसानका उत्पादनलाई प्रोत्साहन दिने कुरामा जोड दिनु भएको छ सहभागीको थप प्रश्नमा मेडिलल अधिकृत डाक्टर रुपेस साहले अस्पताल मा सेवा सहज गर्ने कुरामा आफुहरु प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको थियो । । कार्यक्रममा सभाध्यक्षको रुपमा रहनु भएकि देवकि नेपालले सबैमा धन्यवाद दिनुहुँदै अतिथीलाई मायाको चिनो प्रदान गर्नु भएको थियो ।
Check Also
शान्ति नै विकास र समृद्धिको मूल आधार हो , नगरप्रमुख सन्तलाल चौधरी
२०८१ असोज ६ पवन घिमिरे रौतहट स्थित गुजरा नगरपालिका नगरप्रमुख सन्तलाल चौधरीले शान्ति नै विकास …
Sarokar Bisesh online news portal
