गुजरा , २ नयाबस्ती माध्यमिक बिद्यालय शैक्षिक क्षेत्रमा नमुना बन्दै

०८० पुस ०९ , सोमबार , पबन घिमिरे रौतहट स्थित गुजरा नगरपालिका , २ नयाबस्तीमा रहेको माध्यमिक बिद्यालय शैक्षिक क्षेत्रमा नमुना बिद्यालयको रुपमा अधि बढेको छ । बाल बिकास देखि कक्षा दस सम्म पढाइ हुने यस बिद्यालयमा पाच सय भन्दा बढी बिधार्थी अध्ययन गर्ने गरेको बिद्यालय प्रशासनले जानकारी दिएको छ । सानो झुपडी बाट शुरु भै हाल माध्यमिक बिद्यालयको रुपमा ल्याउन पाउदा सपना सार्थक भएको प्रधानाध्यापक शुसिल कुश्वाहको भनाइ रहेको छ । बिद्यालयमा दक्ष शिक्षक सहित प्रबिधिको उच्चतम प्रयोग गरि अध्यापन गराउने शिक्षा गरेको सहायक प्रधानाध्यापक सन्जय चौधरीले जानकारी दिनु भएको छ ।
रौतहट जिल्लाको प्रबिधी मैत्री बिधालयको रुपमा परिचित हुदा लाखौको कम्प्युटर लगायतका सामाग्री लाई प्रयोगमा ल्याइ अध्ययन गराउनका लागि शिक्षक संग समन्वय गरि अनुगमनमा जोड दिने गरेको शिक्षा संयोजक शिव मंगल् साहको धारणा रहेको छ । बिधालयमा शैक्षिक गुणस्तर देखि ब्यवस्थापनमा जन प्रतिनिधि लगाएत , बिद्यालय ब्यवस्थापन समिति अध्यक्षले समेत सकृय भुमिका निर्वाह गरेको वडा अध्यक्ष अशोक चौधरी बताउनुहुन्छ । शैक्षिक स्तर वृद्धिका लागि आफुहरुको भुमिकामा कुनै कमि नरहने शिक्षक , कर्मचारी बताउछन ।

About pawan

Check Also

शान्ति नै विकास र समृद्धिको मूल आधार हो , नगरप्रमुख सन्तलाल चौधरी

२०८१ असोज ६ पवन घिमिरे रौतहट स्थित गुजरा नगरपालिका नगरप्रमुख सन्तलाल चौधरीले शान्ति नै विकास …

Leave a Reply

Your email address will not be published. Required fields are marked *