
असोज , २५ , पबन
रौतहट स्थित चन्द्रपुर नगरपालिका , ८ मर्धरमा रहेको मेनुका सिमसार प्राथमिक बिधालयले चिकित्सक सहित शिक्षकलाई सम्मान गरेको छ । बिधालयको आफ्नै भवनमा एक कार्यक्रमको आयोजना गरि सो सम्मान गरिएको हो । चन्द्रपुर नगरपालिका भित्र स्वास्थ लगाएत शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनु हुने डाक्टर सहित विभिन्न बिधालयका प्रधानाध्यापक , शिक्षकलाई जमिन दाता बसन्त सापकोटा , बिधालय ब्यबस्थापन समिती अध्यक्ष बिद्या सापकोटा सहित प्रधानाध्यापक गोमा तिमल्सिना र अन्य शिक्षक कर्मचारीले दोसल्ला सहित सम्मान पत्र द्वारा सम्मान गरेका थियो । सम्मानित हुनेमा वडा अध्यक्ष जितेन्द्र चौधरी , चन्द्रनिगाहपुर अस्पताल प्रमुख डाक्टर अभिनन्दन श्रीवास्तव , चन्द्रपुर हस्पिटल प्रा लि प्रमुख डाक्टर सुवास चौधरी , रबिन्द्र चौधरी , राजरानी राना प्रधानाध्यापक राजेन्द्र चौधरी , अजय कुमार चौधरी , राजकुमार चौधरी , शिक्षक शेख जैहर , लक्ष्मी देबि थापा रहनु भएको थियो । सोही सम्मान कार्यक्रममा स्वागत गर्नीहुँदै बि ब्य स अध्यक्ष बिद्या सापकोटाले सबै प्रती धन्यवाद दिनुहुदै खुसी ब्यक्त गर्नु भएको थियो । प्रमुख अतिथि रहनु भएका वडा अध्यक्ष जितेन्द्र चौधरीले यस्ता कार्यक्रमले सबै कर्मचारीमा काम गर्न प्रोत्साहन मिल्ने बताउनु भयो । कार्यक्रम जमिन दाता वसन्त सापकोटाको सभाध्यक्षमा सपन्न भएको हो भने बिधालय अभिभावक सहित शिक्षीका कल्पना सापकोटा , रन्जु यादव , सुमित्रा रोक्का , सबिता तिमल्सिना र गायत्री बख्रेलको उपस्थिति रहेको थियो ।
Sarokar Bisesh online news portal
