
०८२ असोज ४ , पवन घिमिरे रौतहटको गुजरा नगरपालिका ३ मा रहेको सिम्री कृषि सहकारी संस्था लिमिटेडले शनिबार आफ्नो दोस्रो वर्षको सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न गरेको छ। उक्त सहकारी संस्थाको आयोजनामा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय , आर्थिक करिडोर कार्यालय बर्दिबास महोत्तरीको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो। सहयोगी संस्थाको कार्यक्रम अन्तर्गत आयोजक संस्थाले उन्नत जातको बाख्रा पालन सुरु गरेको छ। मधेस प्रदेशको आठ जिल्लामा सञ्चालित यस कार्यक्रमले कृषि पशुपंक्षी पालनबारे विभिन्न क्षेत्रमा उल्लेखनीय काम गर्दै आइरहेको र यस सिम्री सहकारी संस्थाले सुरु गरेको बाख्रापालन आठ जिल्लाकै नमुना र व्यवस्थित बाख्रा पालन भएको आर्थिक करिडोर बर्दिबास कार्यालयका राजेश कुमार ठाकुरले जानकारी दिनुभएको छ। आर्थिक करिडोर बर्दिबास महोत्तरीले सञ्चालन गरिरहेको कृषि र पशुपंक्षी कार्यक्रम अन्तर्गत मधेस प्रदेशको आठ जिल्लामा ११० वटा कार्यक्रम सञ्चालन भइरहेको सहयोगी संस्थाले उल्लेख गरेको छ । जसमा ५० प्रतिशत किसान र ५० प्रतिशत सहयोगी संस्थाको संयुक्त लगानीमा कार्यक्रम हुने बताइएको छ । समूहगत रूपमा सञ्चालन गरिने यस कार्यक्रममा आयोजक र सहयोगी संस्थाले गरी जम्मा १ करोड ३९ लाख ४३ हजार ७ सय रकममा सुरु गरिएको उन्नत जातको बाख्रा पालनमा सहकारीको तर्फबाट ७२ लाख र संस्थाले ६६ लाख ८३ हजार लगानी गरेका छन् भने सहकारी संस्थाले सहयोगी संस्थाबाट प्रथम किस्ता बापतको रकम पाइसकेको र अब दोस्रो किस्ता माग गर्ने आयोजक सहकारी संस्थाका व्यवस्थापक गंगेेश चौधरीले जानकारी दिनुभएको थियो। आयोजक र सहयोगी संस्थाको समन्वयमा सञ्चालित बाख्रा पालनमा सल्यान जिल्लाबाट ल्याइएका उन्नत जमुना पारी , बयर जातका बाख्रा तथा बोका पालन गरिएको सिम्री कृषि सहकारी संस्थाको भनाइरहेको छ । दाना लगायत बाख्रा पालनका लागि अति आवश्यक प्राविधिक सहयोग आर्थिक विकास करिडोर बर्दिबासले गर्दै आएको सहकारीले जनाएको छ विभिन्न पशुपालक संस्थाले सहकारीलाई प्रगतिको शुभकामना समेत दिएका छन्। सहकारी संस्थाका अध्यक्ष उमेश कुमार धामीको सभा अध्यक्षमा सञ्चालित सार्वजनिक सुनवाई कार्यक्रममा व्यवस्थापक गंगेेश चौधरी , आर्थिक करिडोर राजेशकुमार ठाकुर , निरज कुमार राउत , प्रावी सिमरा प्रधानाध्यापक नवीनकुमार चौधरी , आरम्भ सहकारी संस्थाबाट पुनमकुमारी चौधरी लगायत सहकारी संस्थाका सम्पूर्ण सेयर सदस्यको उपस्थिति रहेको थियो।
Sarokar Bisesh online news portal
