निकट समयमै गुजरा भित्र जमिनको कित्ता काट शुरु हुने

पबन , चन्द्रपुर , फागुन ०७ गते
रौतहट स्थित गुजरा नगरपालिकामा भू–उपयोग वर्गिकरण र भू–उपयोग योजना तयारी सम्पन्न र हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । गुजरा नगरपालिकाको नगर प्रमुखको कार्यकक्षमा एक विशेष कार्यक्रम बिच हस्तान्तरण गरिएको हो ।
इन्सिटच्यूट अफ हिमालयन रिसर्च एण्ड इन्टिग्रेट डेभलपमेन्ट प्रा.लि. काठमाण्डौंको प्राविधिक सहयोग र गुजरा नगरपालिकाको आयोजनामा सो कार्यक्रम आयोजन गरिएको थियो । नगरप्रमुख सन्तलाल चौधरीको अध्यक्षतामा संचालित कार्यक्रमलाइ नि.प्रमुख प्रशासकिय अधिकृत बिनोद कुमार जयसवालले सञ्चालन गर्नु भइ प्रमुख अतिथी उप प्रमुख रत्ना लामा रहनु भएको थियो ।
इन्सिटच्यूट अफ हिमालयन रिसर्च एण्ड इन्टिग्रेट डेभलपमेन्ट प्रा.लि. काठमाण्डौंको प्राविधिक सहयोगमा गुजरा नगरपालिकाले कृषि,आवासिय,व्यापारिक, औधोगिक,वन,सार्वजनिक उपयोग,सांस्कृतिक तथा पुरातात्विक,खानी तथा खनिज,खोला तालतलैया तथा सिमसार,अन्य क्षेत्र गरि १० वटा क्षेत्रमा नगर भरिको जग्गा लाइ वर्गीकरण गरेको छ ।
मधेश प्रदेशका जिल्लामा सम्भवतः पहिलो पटक भू–उपयोग वर्गिकरण र योजना तयार पारेको गुजरा नि प्रमुख प्रशासकिय अधिकृत जयसवालले बताउनु भयो । निकट समयमै गुजरामा जमिन कित्ताकाटको समस्या अन्त्य हुने समेत जानकारी दिनभयी
भू–उपयोग वर्गिकरण नहुँदा जनताहरु मारमा थिए । यो भएछि अब छिट्टै किता काटको काम सुरुहुने र जनताको काममा सहज हुने बताए । अब जनताले बेलैमा सुविधा पाउने भन्दै नगरपालिकाको यो कार्यको सराहना गरे । साथै उपप्रमुख लामाले जनतालाइ सहज होस् भन्ने उदेश्यले भू–उपयोग वर्गिकरण र योजना तयारी गर्ने प्राविधिक सहयोगीलाइ धन्यवाद दिनु भै आफ्नो कार्यकाल भित्रै यो कार्य सम्पन्न गर्न पाउँदा खुशी समेत ब्यक्त गर्नु भएको थियो ।
उक्त विशेष कार्यक्रमलाइ समापन गर्नु हुँदै गुजरा नगरप्रमुख सन्तलाल चौधरले जग्गा वर्गीकरणको काम चाँडै फेरिन नसकिने भएकोले यसलाइ दिगोपना दिन धेरै छलफल पछि वर्गिकरण र योजना तयार पारिएको बताए । सबैको मेहनतको प्रतिफल स्वरुप हामी जग्गा वर्गीकरण गर्न सफ भएको भन्दै सबैमा धन्यवाद दिनुभयो । कार्यक्रममा प्राविधिक संस्थाले नगरप्रमुख चौधरीलाइ भू–उपयोग वर्गिकरण र योजना तयारी सम्बन्धि फाइल र नक्साहरु हस्तान्तरण गरेका थिए भने मेयर चौधरीले नापी शाखा चन्द्रपुरका प्रमुख इ.सविन विकलाइ हस्तान्तरण गर्नु भयो ।
सो अवसरमा गुजरा १ का वडा अध्यक्ष रामजित चौधरी, २ का वडा अध्यक्ष अशोक कुमार चौधरी,३ का वडा अध्यक्ष गजेन्द्र कुमार चौधरी , ७ का वडा अध्यक्ष शेख अब्दुल्का , ८ का वडा अध्यक्ष मोतिन मिया मंसुर , ९ का वडा अध्यक्ष प्रेम चौधरी,मालपोत कार्यालय चन्द्रपुरका प्रतिनिधी रामगिर मुखिया, विभिन्न वडाका ,कार्यपालिका सदस्यहरु,कर्मचारी,लगायत विभिन्न मिडियाका सन्चारकर्मी को उपस्थिति रहेको थियो ।

About pawan

Check Also

Leave a Reply

Your email address will not be published. Required fields are marked *