- No items.
असार , ३१ , आइतबार , पबन , रौतहट
रौतहट स्थित चन्द्रपुर , ८ मेनुका सिमसार प्राथमिक बिधालय मा त्यसै बिधालयकि शिक्षिका गोमा तिमल्सिना प्र अको रुपमा चयन हुनुभएको छ । बिधालय ब्यवस्थापन समिती संग प्र अ का रुपमा कामकाज गर्दै आउनुभएका शिक्षक शेख जहर अलिले आफ्नो कार्य ब्यस्तता भएको भन्दै प्र अ परित्यागको निबेदन बुझाए संगै यो प्रकृया अगाडि बढेको हो । बिधालय ब्यवस्थापन समिति अध्यक्ष बिद्या सापकोटाले हिजै मात्र अभिभावक सहितको उपस्थितिमा शिक्षिका तिमल्सिना लाई सपथ खुवाउनु भएको छ । पदभार ग्रहण पस्चात सरोकार विशेष सङग कुराकानी गर्नुहुँदै प्र अ गोमा तिमल्सिनाले आफू बिधालय प्रती पुर्ण रुपमा इमान्दार रहि काम गर्ने बताउनु भयो । बिधालय ब्यवस्थापन अध्यक्ष बिद्या सापकोटाले बिस्वास र भरोसाका साथ शिक्षिका गोमा तिमल्सिनालाई प्र अको जिम्मेवारी दिएको जानकारी दिनु भएको छ । मेनका सिमसार प्राथामिक बिधालय दुई मृत परिवारको नाममा खोलिएको बिधालय हो । आफ्ना छोरी र श्रीमतीको नाममा वसन्त सापकोटाले करौडौ पर्ने जमिन दान दिए संगै मेनका सिमसार बिद्यालय नामाकरण गरिएको थियो । हाल सो बिधालयमा कक्षा ५ सम्म पढाइ हुने गरेको छ ।
Sarokar Bisesh online news portal
