सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ । विभिन्न विषयमा निर्णय गर्न बैठक बसेको हो । एक मन्त्रीकाअनुसार आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण, विभिन्न मन्त्रालयको प्रस्ताव तथा आसन्न राष्ट्रिय सभा निर्वाचन एजेण्डा रहेको छ ।

भारतको गुजरातमा हुने ‘भाइब्रेन्ट गुजरात’ सम्मेलनमा सहभागिताका लागि प्रधानमन्त्री देउवालाई भारतका निम्तो आएको छ । २६ गते हुने सम्मेलनका लागि देउवा २५ गते भारत जाने तयारी छ । भ्रमणका एजेण्डाबारे पनि बैठकमा छलफल हुनेछ ।

 

 

About ram

Check Also

मधेशमा जाडो बढ्यो : जनजीवन प्रभावित

महोत्तरीलगायत तराईका जिल्लामा शीतलहर कारण जनजीवन प्रभावित भएको छ । लगातारको शीतलहर, हुस्सु र बाक्लो …

Leave a Reply

Your email address will not be published. Required fields are marked *