हरिवन नगरपालिकाद्वारा कृषकलाई कृषि औजार तथा नगद अनुदान वितरण, किसानमा खुसीको लहर

 

 

सागर घिमिरे , सर्लाही हरिवन, सर्लाही – हरिवन नगरपालिकाले स्थानीय कृषकहरूलाई लक्षित गरी विशेष कार्यक्रम अन्तर्गत कृषि औजार वितरण तथा नगद अनुदान सहयोग गरेको छ। विभिन्न प्रकारका कृषि उत्पादनमा उत्कृष्टता हासिल गरेका किसानहरूलाई प्रोत्साहन स्वरूप नगद वितरण गरिएसँगै किसानहरूमा विशेष उत्साह देखिएको छ।रैथाने बाली (कोदो, आलस, कुर्थी तथा फापर) मा उत्पादनमा आधारित नगत अनुदान वितरण गरेको। नगरपालिकाले कोदो प्रती क्युन्टल २०००, कुर्थी प्रती क्युन्ट्ल २५०० र आलश प्रति क्युन्टल ३००० नगत अनुदान प्रदान गरेको छ।

नगरपालिकाले वितरण गरेका आधुनिक कृषि यन्त्र चार्फ कट्टर र कम्बाइन मिल लागत साझेदारीमा नगर भित्रका कृषि फर्मलाइ वितरण गरेको छ । यसले किसानहरूको उत्पादन क्षमता वृद्धि हुनुका साथै आधुनिक कृषि प्रणाली अपनाउने मार्ग खोल्ने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रममा नगरप्रमुख रमेश बुढाथोकी (कमल) ले कृषकहरूको मेहनत र समर्पणलाई सलामी दिँदै नगरपालिकाले आगामी दिनहरूमा झन् प्रभावकारी योजना ल्याउने प्रतिबद्धता व्यक्त गरे। साथै, कृषि शाखा प्रमुख प्रविन तामाङ र उनको टोलीलाई किसान हितमा गरिएको योगदानका लागि धन्यवाद प्रकट गरिएको थियो।

नगरप्रमुख बुढाथोकीले भने, “कृषि नै मुल अर्थतन्त्रको मेरुदण्ड हो। कृषकहरूको उन्नति नै नगरपालिकाको प्राथमिकता हो। हामी सधैं कृषकहरूसँग सहकार्य गर्दै उत्पादनमुखी कार्यक्रमलाई अघि बढाउँछौं।”

यस कार्यक्रमले किसानहरूको मनोबल उच्च बनाएको छ। उनीहरूले कृषि कार्यप्रति अझै मेहनत र लगनशीलताका साथ अघि बढ्ने अठोट लिएका छन्। कार्यक्रमपछि कृषकहरूले नगरपालिकाले गरेका प्रयासप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरूमा अझै बढी सहयोगको अपेक्षा व्यक्त गरेका छन्।

हरिवन नगरपालिकाको यो कदमले स्थानीय तहबाट कृषकहरूलाई प्रत्यक्ष लाभ दिने तथा आत्मनिर्भर कृषिको बाटोमा टेवा पुर्‍याउने विश्वास गरिएको छ।

About pawan

Check Also

Leave a Reply

Your email address will not be published. Required fields are marked *