साहको पहिलो पुण्यतिथिमा एकल महिलालाई न्यानो कपडा ओढाई सम्मान

आर्यन साह
रौतहट पुस २२ । रौतहटको ईशनाथ नगरपालिका वडा नं.३ स्वर्गीय श्री हरदेव साहको पहिलो पुण्य तिथिमा एक महिलालाई सम्मान तथा वृक्षारोपण गरिएको छ ।

नेकपा युवा नेता सांसद प्रत्यासी किरन कुमार साहको प्रमुख आतिथ्य तथा पुर्व गाविस अध्यक्ष शिव दयाल साहको अध्यक्षतामा ३१ जना एकल महिलालाई न्यानो कपडा ओढाई सम्मान गरेका छन् ।

नेपाल सरकारका पुर्व स.ब.अ तथा सफल स्वास्थयकर्मी राम सेवक साहको बुवा स्वर्गीय श्री हरदेव साहको प्रथम पुण्यतिथिमा आयोजित एकल महिला सम्मान कार्यक्रम तथा श्रद्धाञ्जली सभा कार्यक्रममा नेता किरण कुमार साहले दिवङत आत्मा प्रती हार्दिक श्रद्धासुमन अर्पण गरेका थिए ।

सम्मान सभामा नेता साहले एकल महिला तथा मातापिता प्रती सम्मान गर्ने यो कलयुगमा कमै मान्छे भेटिन्छ तसर्थ यस्ता कार्यक्रमहरु समाजमा सधै भइरहोस भन्ने सन्देशमुलक मन्तब्य राखेका थिए ।

मन्तव्य मार्फत समाजलाई सकारात्मक रुपान्तरण तर्फ अग्रसर हुने कुराको अनुभुती प्रत्यक्षदर्शी उपस्थित सम्पुर्ण न्यायप्रेमी जनसमुदायमालाई विश्वास दिलाएका थिए । साथै आफ्नो सक्रियतामा पुर्व प्रतिबद्धता अनुरुप भएको पावर लाइट जस्ता कार्यको निरीक्षण गर्न पाउँदा आफू गौरभान्वित
भएको बताए ।

About ram

Check Also

सूचना

Leave a Reply

Your email address will not be published. Required fields are marked *